काठमाडौंमा ‘फ्रेन्डवर्सरी’

कला समाचार
असोज, २०७६ ।

नेपाल र रसियाबीचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने उद्देश्य राखेर ‘फ्रेन्डवर्सरी’ शीर्षकमा कला प्रदर्शनी गरिएको छ।
रसियन कल्चर अफ साइन्स एण्ड कल्चर र नेपाल रसिया आर्ट क्लबको संयुक्त आयोजनामा भएको प्रदर्शनीको उद्घाटन अग्रज कलाकार विजय थापाले एक समारोहका बीच गर्नुभएको हो । दुइ दर्जन बढी कलाकारका कलाकृति राखिएको प्रदर्शनीमा नेपालका विविध सामाजिक, सांस्कृतिक, प्राकृतिक तथा राजनीतिक विषयमा केन्द्रित रही तयार पारिएका चित्र राखिएको छ ।


प्रदर्शनीमा राखिएका चित्रले नेपालको समकालीन कलाको अवस्थालाई प्रस्तुत गरेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुष्मा राजभण्डारीले बताउनु भयो । कलाकार दीपेन्द्रमान बनेपालीले कलामार्फत नेपालको सांस्कृतिक, सामाजिक तथा प्राकृतिक विविधतालाई देखाउन खोजिएको बताउनु भयो ।


कलाकार तथा समीक्षक मुकेश मल्लले नेपाली कलाको इतिहास लामो रहेको स्मरणगर्दै संस्कृति र मौलिक परम्परालाई बचाउन कला प्रदर्शनी महत्वपुर्ण हुने बताउनुभयो । प्रदर्शनीमा विजय थापा, कृष्ण मानन्धर, सुष्मा राजभण्डारी, रमेशनाथ खनाल, बुद्धि गुरुङ, मुकेश मल्ल, चन्दा श्रेष्ठ, धर्मराज शाक्य, देवेन्द्र थुम्केली, केशव राज खनाल, लालकाजी लामा, सञ्जय वान्तवा, विनोद गुप्ता, दीपेन्द्रमान बनेपाली, विष्णु श्रेष्ठ, कान्छाकाजी भासिमा, मुकेश महतो, नेमबहादुर तामाङ लागयत कलाकारका चित्र राखिएको छ । प्रदर्शनी एक हप्ता चल्ने छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *