चलचित्र ‘कठपुतली’ को दोस्रो ट्रेलर सार्वजनिक

काठमाडौँ । पुष १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘कठपुतली’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको तीन हप्ता अगाडि पहिलो ट्रेलर सार्वजनिक गरिएको थियो ।

पहिलो ट्रेलरमा तर्साउने दृश्यहरु नभएको टिप्पणी भए पनि ट्रेलरको चौतर्फी तारिफ भएको थियो । दोस्रो ट्रेलरमा भने तर्साउने दृश्यहरु समावेश गरिएको निर्माण टिमले जनाएको छ ।

चलचित्रको दोस्रो ट्रेलरमा विविध परिस्थितिका कारण एक राजकुमारले एक विकट ठाउँको दरबारभित्र सामना गर्नुपरेका रहस्य, अदृश्य शक्तिहरूबाट बच्नको लागि गरेको संघर्षको कथा देखाइएको छ । २ मिनेट ९ सेकेण्ड लामो ट्रेलरमा कर्माको अभिनय कुशल रहेको देखिन्छ ।

भिमसेन लामाको निर्देशनमा बनेको चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, ध्रुव कोइराला, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय रहेको छ । हरर जनरामा निर्मित फिल्मलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् ।

जसको सम्पदा मल्लले कथा लेखेकी हुन् । अष्ट्रेलियाका छायाँकार जोएल फ्रूमले खिचेको चलचित्रको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *