‘चिसो एस्ट्रे’ को टिजर सार्वजनिक

काठमाडाैँ । फिल्म ‘चिसो एस्ट्रे’ को टिजर सार्वजनिक भएको छ । म्युजिक नेपाल युट्युब च्यानल मार्फत टिजर सार्वजनिक गरेको हो । गाउँबाट सहर आएको एउटा युवाको जीवनको उतार चढाव समेटिएको चलचित्रलाई दिनेश पाल्पालीले निर्देशन गरेका हुन् ।

निर्देशक पाल्पालीले फिल्मले मुख्य चार चरित्रमार्फत मानिसको अन्तर यात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने खोजेको बताए । ‘फिल्मले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने प्रयास गरेका छ । तर, आधुनिक बन्ने चक्करमा उसले आफूलाई नै गुमाउन पुग्छ । आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरू यात्रुको कथा नै चिसो एस्ट्रे हो’ ।

फिल्ममा दिव्य देव, निकुन श्रेष्ठ, नवीन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठलगायतको अभिनय रहेको छ ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका छन् । उज्जवल बस्ताकोटीले छायाङ्कन गरेको ‘चिसो एस्ट्रे’लाई उज्ज्वल ढकालले सम्पादन गरेका छन् ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *