पवनदीप राजन नेपाल आउदैँ

काठमाडौँ । इण्डियन आइडलका बिजेता पवनदीप राजन नेपाल आउने भएका छन् । उनी यही माघ १ गते ठमेलस्थित ‘एलओडी’ क्लबमा हुने कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् ।

पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । क्लबका निर्देशक रविन श्रेष्ठले अंग्रेजी वर्षको सुरुवातमा इन्डियन आइडल पवनदीप ल्याएर नेपाली दर्शकलाई मनोरञ्जन दिन लागिएको बताए ।

‘अंग्रेजी वर्ष २०२२ लागे यता नेपालमा पहिलोपटक विदेशी कलाकार ल्याउन लागेका छौँ । कोभिडले थलिएको ठमेललाई सांगीतिक माहोलले तताएर भएपनि उर्जा दिनेछौँ ।’

निर्देशक श्रेष्ठले बताए । जनस्वास्थ्यको मापदण्ड अपनाएर सांगीतिक कार्यक्रम आयोजना गरिने पनि उनले बताए ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *