अभिनय सिक्न चाहाने व्यक्तिहरूका लागि ओजस थिएटरको अवसर

काठमाडौं । अभिनय सिक्न चाहाने व्यक्तिहरूका लागि ओजस थिएटरले अवसर प्रदान गर्ने भएको छ । ओजस थिएटरले अभिनय सिक्न चाहानेहरूका लागि एक वर्षको कक्षा सञ्चालन गर्न लागेको हो ।

‘विद्यार्थीहरूलाई अभिनयमा पारङ्गत बनाउने उद्देश्यले अभिनय कक्षाको सञ्चालन गर्न लागिएको’, ओजश थिएटरका डाइरेक्टर सागर कार्कीले बताउनुभयो । अभिनय मार्फत नाटक तथा चलचित्रमा कलाकारको रूपमा देखिन चाहाने व्यक्तिहरूलाई सक्षम र दक्ष व्यक्तिका रूपमा सिकाईलाई अगाडि बढाइने कार्कीले बताउनुभयो ।

उहाँले विद्यार्थीहरूलाई आवश्यक कुराको दक्ष तथा दिग्गज व्यक्तिहरूद्वारा कक्षा सञ्चालन गर्ने कुराको समेत जानकारी दिनुभयो । नेपालमा पहिलाे पटक कलाकार बन्न चाहाने व्यक्तिहरूको लागि आवश्यक एकै ठाउँमा अभिनय कक्षा मार्फत दिने बताइएको छ । थिएटरले अभिनय सँगै अवसर पनि प्रदान गर्ने बताएको छ ।

उक्त कक्षामा २५ जना विद्यार्थी सहभागी हुने छन् भने, दिनमा तीनवटा कक्षा सञ्चालन हुने बताइएको छ । अभिनय कक्षा माघ १८ गतेबाट ओजश थिएटर रातोपुलमा सञ्चालन हुनेछ । थप जानकारीका लागि ओजश थिएटरको सामाजिक सञ्जाललाई फलो गर्न समेत थिएटरले बताएको छ । उक्त थिएटरले भर्खरै नयाँ विद्यार्थीहरूलाई एक वर्षको कोर्स समापन गरेको छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *