जेनिस उप्रेती भ्वाइस अफ किड्स

कला समाचार । १५ वर्षमुनिका बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किडस्-२०२१’को उपाधि जेनिस उप्रतीले जित्नु भएको छ। हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको सो शोको ‘ग्रान्ड फिनाले’ कार्यक्रममा जेनिस विजेता घोषित हुनुभयो । दर्शकको भोटका आधारमा विजेता बनेका जेनिस टिम प्रमोद खरेलका प्रतिस्पर्धी हुन्। विजेता जेनिसले ट्रफीका साथ रु १५ लाख नगदका साथ विभिन्न उपहार प्राप्त गर्नुभयो । विजेता जेनिसले आफूले आफ्नी आमाको सपना पूरा गर्न सकेको भन्दै खुशी व्यक्त गरेका थिए। जेनिसकी आमाको केही सयमअघि कोरोना संक्रमित भएर मृत्यु भएको थियो। यसअघि चारै जना कोचहरुले आफ्नो टिमका प्रतिस्पर्धीहरूसँग स्टेज सेयर गरेका थिए। कार्यक्रम हिमालय टेलिभिजनबाट प्रत्येक शु्क्रबार र शनिबार प्रसारण हुँदै आएको थियो। २० इपिसोडमा द भ्वाइस किड्सले विजेता घोषणा गरेको हो।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *