जय छाङ्छालाई साझा पुरस्कार

कला समाचार । नियात्राकार जय छाङ्छा राईलाई २०७३ सालको साझा पुरस्कार प्रदान गरिएको छ। २०७३ सालमा प्रकाशित कृतिमध्ये छाङ्छाको कृति ‘दोहाको सीधा उडान’लाई साझा प्रकाशनले सर्वोत्कृष्टमा छनोट गरी सम्मान गरेको हो।समारोहमा भूमिब्यवस्था मन्त्री शशी श्रेष्ठले छाङ्छालाई पुरस्कार प्रदान गर्नुभयो । साझाले भाषा साहित्यको विकासमा योगदान दिँदै आएका साहित्यकारको कृतिलाई र कृतिकारलाई हरेक बर्ष पुरस्कृत गर्दै आएको छ। नियात्राकार छाङ्छा परराष्ट्र मन्त्रालयका पूर्व उपसचिव पनि हुन्।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *